neapl investment mega bank
  • गृहपृष्ठ
  • कृषकलाई कृषि प्रशिक्षण तथा विषादी वितरण कार्यक्रम सम्पन्न

कृषकलाई कृषि प्रशिक्षण तथा विषादी वितरण कार्यक्रम सम्पन्न

Mar 24th, 2026

सोलुखुम्बू चैत्र – १०

आज स्थानिय कृषकहरुलाई स्थलगत कृषि सम्बन्धि प्रबचन र प्रयोग दुबैको प्रशिक्षण दिईएको छ । सोलुखुम्बु जिल्ला नेचासल्यान गाँउपालिका वडा नं. २, देउपूजेमा औपचारिक कार्यक्रम सहित सञ्चालन गरिएको कृषि प्रशिक्षणमा आज स्थानिय कृषि शाखाका कर्मचारीहरु कृषकहरुको आफ्नै कार्य क्षेत्रमा गई प्रशिक्षण दिएका थिए भने सो प्रशिक्षण कार्यक्रम स्थानिय सरकार द्वारा कृषि तथा फलफुल क्षेत्रलाई विशेष महत्व राख्दै स्वयँ प्रकृति सँग जोडिएको अत्यन्तै फाईदाजनक फलफूल सुन्तला उत्पादनमा थप् सुधारका लागि सञ्चालन गरिएको थियो ।

विशेष कृषकहरुलाई बारम्बार आईरहने समस्यालाई अध्यन गरि किटनाशक बिषादिहरुको काम र प्रयोगको बारेमा महत्वपुर्ण कुराहरु राख्दै आज स्थानिय वडा नं.-२, कृषि शाखा प्रमुख भिम भट्टराईले बिषादिहरुको प्रयोग र सुन्तलाको बिरुवालाई प्रभाबकारी विधि द्वारा रोप्ने तरिकालाई प्रयोगात्मक देखाएका थिए ।

आज कार्यक्रमको अन्त्यमा उपस्थित प्रत्येक कृषक समूह हरुलाई शाखा प्रमुख भट्टराईले आवश्यक्ता अनुशारको किटनाशक विभिन्न बिषादिहरु बितरण गर्दै आजको सम्पुर्ण कार्यक्रम समापन भएको छ ।