ललितपुर, चैत १०
नेपाल मेडिसिटीमा पहिलो पटक अन्र्तराष्ट्रिय स्तरको ‘रिट्रिभल मेडिसिन’ सम्बन्धी तालिम सुरु म्युव्ली, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, भारतीय दूतावास, जापान दूतावास, बंगलादेश दूतावास, जर्मन दूतावास, चीन दूतावास, इजरायल दूतावास, जायका, विश्व स्वास्थ्य संगठन र नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उपस्थिति रहेको थियो ।
तालिममा पूर्व–अस्पताल सेवा (प्रि–हस्पिटल केयर) तथा आकस्मिक चिकित्सा सेवामा संलग्न विभिन्न अस्पताल तथा संस्थाबाट करिब ३० जना स्वास्थ्यकर्मी तथा कर्मचारीहरू सहभागी रहेका छन् ।
सहभागी संस्थाहरूमा नर्भिक अस्पताल, ह्याम्स अस्पताल, ग्रान्डि अस्पताल, बयोधा अस्पताल, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल (एपिएफ), नेपाली सेना अस्पताल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लगायतका अस्पतालहरुबाट सहभागिता रहेका छन् ।
नेपाल मेडिसिटी अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतोले यस प्रकारका तालिम तथा कार्यक्रमले नेपालका स्वास्थ्य संस्था तथा सरोकारवालाबीच सहकार्य सुदृढ गर्दै देशको स्वास्थ्य सेवा स्तर अन्तर्राष्ट्रिय मापदण्डअनुरूप उकास्ने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले स्वास्थ्यकर्मीहरुलाई अन्तर्राष्ट्रियस्तरको तालिम प्रदान गरेर गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्ने आफ्नो दीर्घदृष्टि साझा गर्दै, निःशुल्क तालिमले सबैमा अवसर र पहुँच विस्तार गर्ने बताउनुभएको छ । साथै, यस कार्यक्रमको सफल कार्यान्वयनमा उहाँले शुभकामना व्यक्त गर्नुभएको छ ।
त्यस्तै, अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. अमित तोमरले इमरजेन्सी मेडिकल रिट्रिभल सर्भिस कार्यक्रमले बिरामीहरूको सुरक्षित स्थानान्तरण, व्यवस्थापन तथा उपचार प्रक्रियाको लागि नेपाली स्वास्थ्यकर्मीहरुलाई अझ गुणस्तरीय सेवा प्रदान गर्नमा थप टेवा पुर्याउने बताउनु हुँदै सबै पक्षहरु मिलेर यस तालिमबाट प्राप्त शीप तथा ज्ञानलाई उपचारको क्रमका उपयोग गर्न जोड दिनुभएको छ । साथै, उहाँले उक्त कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न सबैपक्षसंग सहयोगको अपेक्षा गर्नुभएको बताउनुभएको छ ।