neapl investment mega bank

बुद्ध रत्नकाे चुनावी खर्च १४ लाख

Mar 20th, 2026

ललितपुर, चैत ६

ललितपुर क्षेत्र नं १ रास्वपा बाट नव निर्वाचन सांसद माननीय बुद्ध रत्न महर्जनले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन् ।

बुद्ध रत्न महर्जनले प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनमा भएको कुल खर्च विवरण निर्वाचन आयोगलाई बुझाएका छन् ।

फागुन २१ गते सम्पन्न भएको निर्वाचनमा अत्यधिक मतान्तरले विजयी भएका महर्जनले शुक्रबार निर्वाचन कार्यालय ललितपुरमा उक्त विवरण पेस गरेका हुन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ बमोजिम बुझाइएको विवरणअनुसार उनले विभिन्न शीर्षकमा जम्मा १४ लाख १ हजार १७१ रुपैयाँ खर्च भएको उल्लेख गरेका छन् ।

Screenshot