neapl investment mega bank
  • गृहपृष्ठ
  • फ्याटको मात्रा कम भेटिएपछि सिताराम दूध बिक्री गर्न रोक

फ्याटको मात्रा कम भेटिएपछि सिताराम दूध बिक्री गर्न रोक

Mar 18th, 2026

काठमाडौं, चैत ४

सिताराम गोकुल मिल्क्स उद्योगको प्रशोधित दूध बिक्रीमा रोक लगाइएको छ । दूधमा चिल्लो पदार्थ (फ्याट) को मात्रा मापदण्ड भन्दा कम भेटिएपछि दूध बिक्रीमा रोक लगाइएको हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको अनुगमनका क्रममा दूधको चिल्लो पदार्थ ३.० प्रतिशत हुनुपर्नेमा १.४ प्रतिशत मात्र पाइएको थियो ।

दूधमा चिल्लो पदार्थको मात्र कम भेटिएपछि सोही ब्याच (उत्पादन मितिः २०८२-१२-०२, ब्याच नः २८६१०) का दूधलाई बजारमा बिक्री वितरण गर्न रोक लगाइएको अनुगमनमा सहभागी एक अधिकारीले बताएका छन् ।