काठमाडौं, चैत ४
खोटाङमा हेलिकप्टर दुर्घटना भएको छ । खोटाङको केपिलासगढी गाउँपालिका-२ खार्तम्छास्थित बालाबेंसीमा काठमाडौंबाट शव लिएर पुगेको हेलिकप्टर अवतरणका क्रममा दुर्घटनामा परेको हो ।
काठमाडौंबाट ६ जना यात्रु बोकेर गएको हेलिकोप्टर दुर्घटनामा परेको हो ।
मानवीय क्षती नभएको जानकारी आएको प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले बताइन् ।
घटनाको विस्तृत विवरण आउन बाँकी छ ।