neapl investment mega bank
  • गृहपृष्ठ
  • रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम

रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम

Mar 15th, 2026

काठमाडौं, चैत १

राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ ।

पार्टीको आइतबार बसेको सचिवालय बैठकले ४८ जना महिला र ९ पुरुष गरी ५७ जनाको नाम टुंगो लगाएको हो । रास्वपाले क्लस्टस्टर अनुसार खस आर्यतर्फ १७, जनजातिबाट १६, दलित ८, मुस्लिम ३, मधेशी ९ र थारु ४ जनाको नाम निर्वाचन आयोगमा पठाएको जनाएको छ ।

आयोगमा पठाइएको नाम प्रस्तावित मात्र भएको भन्दै उनले उक्त नाम आयोगबाट रुजु नभएसम्म सार्वजनिक नगर्ने प्रवक्ता मनिष झाले जानकारी दिए ।