काठमाडौं, फागुन २९
बजारमा खाना पकाउने ग्यासको अभाव बढ्दै गएपछि आजदेखि आधा सिलिन्डर (आधा ग्यास) बिक्री सुरु गरिएको छ।
आपूर्ति घट्दै जाँदा उपभोक्तालाई केही राहत दिन आधा सिलिन्डर ग्यास उपलब्ध गराउन थालेका हुन्। राजधानी काठमाडौँमा ग्यास अभावको असर देखिन थालेसँगै उपभोक्ताहरू बिहानैदेखि ग्यास खोज्दै वितरण केन्द्र धाउन थालेका छन्।