काठमाडौं, फागुन २५
करेन्ट नुडल्सको उत्पादक संस्था यसोदा फुड्सले आफ्नो रिटेल आउटलेट करेन्ट मार्टको दोस्रो शाखा काठमाडौंमा सञ्चालनमा ल्याएको छ ।
कम्पनीले काठमाडौंको बानेश्वरस्थित कात्यानी चोकमा नयाँ शाखा विस्तार गरेको हो । भैरहवामा सञ्चालित पहिलो आउटलेटको सफलता र ग्राहकको बढ्दो मागलाई मध्यनजर गर्दै काठमाडौंमा पनि शाखा खोलिएको कम्पनीले जनाएको छ ।
मार्टको उद्घाटन यसोदा फुड्सका डाइरेक्टर मधुसूदन घिमिरे तथा नेसनल सेल्स म्यानेजर युगराज पाण्डेले संयुक्त रूपमा गरे । समारोहमा कम्पनीका एरिया सेल्स म्यानेजरहरू सोनी पुडासैनी, विमला खाती र सपना भुसाललगायतको उपस्थिति थियो ।
मार्टमा उपभोक्ताले यसोदा फुड्सद्वारा उत्पादित सम्पूर्ण रेन्जका उत्पादन एकै छानामुनि प्राप्त गर्न सक्नेछन् । करेन्ट ब्रान्डका लोकप्रिय नुडल्स (चाउचाउ), विभिन्न प्रकारका स्न्याक्स, चिजबल्स, स्टिक्स तथा पोट्याटो क्र्याकर्स उपलब्ध हुने बताइएको छ ।
त्यसैगरी, चिया पारखीका लागि करेन्ट गोल्ड मसला र सिटिसी चिया तथा विभिन्न प्रकारका मसला पनि मार्टमा उपलब्ध हुने कम्पनीले जनाएको छ । कम्पनीका अध्यक्ष चुन्नप्रसाद पौडेलले भने, ‘भैरहवाका उपभोक्ताले करेन्ट मार्टलाई देखाउनुभएको माया र विश्वासले हामीलाई राजधानीमा पनि सेवा विस्तार गर्न उत्साहित बनाएको छ ।’