neapl investment mega bank
  • गृहपृष्ठ
  • बालेनको चुनावी खर्च १४ लाख १७ हजार, कुन शीर्षकमा कति खर्च ? 

बालेनको चुनावी खर्च १४ लाख १७ हजार, कुन शीर्षकमा कति खर्च ? 

Mar 9th, 2026

काठमाडौं, फागुन २५

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा पूर्वकाठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह (बालेन) ले प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनमा भएको कुल खर्च विवरण निर्वाचन आयोगलाई बुझाएका छन् ।

फागुन २१ गते सम्पन्न भएको निर्वाचनमा झापा–५ बाट अत्यधिक मतान्तरले विजयी भएका शाहले सोमबार निर्वाचन कार्यालय झापामा उक्त विवरण पेस गरेका हुन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ बमोजिम बुझाइएको विवरणअनुसार उनले विभिन्न शीर्षकमा जम्मा १४ लाख १७ हजार २८९ रुपैयाँ खर्च भएको उल्लेख गरेका छन् ।