neapl investment mega bank

लागुऔषध

Mar 9th, 2026

गित – गोबिन्द राज ओझा राजन
समाज समाजमा लागुऔषध,
युवाशक्तीमा परेको घाउ,
सिमानाबाट पस्दै आयो,

भत्काउँदै सपना र गाउँ।
किन कुलत रोज्यौ तिमी,
किन खराब बाटोमा गयौ,
आमाबुबाको आशा तोडेर

किन अँध्यारो बाटो रोज्यौ।
खराब साथीको सँगतले
युवालाई बिगार्दै छ,
लागुऔषधको दलदलले

भविष्यलाई डुबाउँदै छ।
अभिभावकको जिम्मेवारी,
सन्तानलाई बाटो देखाउने,
शिक्षक, समाज र साथीले

सही मार्ग सिकाउने।
आज समाज रोएको छ,
आमाबुबाको आँखा रसाएको छ,
लागुऔषधको यो कुलतले

सपना सबै भत्काएको छ।
अब कहिले सुध्रिन्छौ तिमी,
अब कहिले जाग्ने हो,
असल चरित्र निर्माण गरेर

उज्यालो बाटो लाग्ने हो।
कुसंस्कार र कुरिती त्यागी
सभ्यता र संस्कार अपनाऔँ,
असल नागरिक बनी

देशसेवा समाजसेवा गरौँ।
शिक्षक, विद्यालय र कलेजको
छ हामीमाथि ठूलो अपेक्षा,
देश र समाजको चाहना

असल युवाको सन्देश।
आऊ आज प्रतिज्ञा गरौँ,
कुलत सबै त्याग्नेछौँ,
लागुऔषधमुक्त समाज बनाई
उज्यालो भविष्य बनाउनेछौँ।