neapl investment mega bank
  • गृहपृष्ठ
  • रास्वपाले काठमाडौं–१ बाट खाता खोल्यो रञ्जु दर्शना विजयी

रास्वपाले काठमाडौं–१ बाट खाता खोल्यो रञ्जु दर्शना विजयी

Mar 6th, 2026

काठमाडौं, फागुन २२

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काठमाडौँ क्षेत्र नम्बर १ बाट खाता खोलेको छ । सो क्षेत्रबाट रास्वपाकी उम्मेदवार रञ्जु दर्शना (न्यौपाने) विजयी भएकी हुन् । उनले १५ हजार ४५५ मत पाएकी छन् ।

यस्तै, कांग्रेसका उम्मेदवार प्रबल थापा क्षेत्रीले ६ हजार ३६४ मत पाएका छन् भने राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रले ३ हजार ९७२ मत पाएका छन् ।

दर्शना निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले औपचारिक घोषणा गर्न बाँकी छ ।