काठमाडौं, फागुन २१
ललितपुर, क्षेत्र नम्बर २ अन्तर्गत महालक्ष्मी नगरपालिका वडा नम्बर ७ स्थित पाठशाला मतदान केन्द्रमा कुल ३०२१ मतदातामध्ये २२३५ मत खसेको छ।
मतदान केन्द्रका अनुसार खसेको मतमध्ये ११५६ महिला र १०७९ पुरुष मतदाताले मतदान गरेका छन्।
निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको र मतदाताको उत्साहजनक सहभागिता देखिएको मतदान केन्द्रले जनाएको छ।