काठमाडौं, फागुन २०
नेपाल सरकारले प्रदान गरेको संविधान प्रदत्त एवं अन्य जिम्मेवारी नेपाली सेनाले सम्बन्धित निकायहरूसँगको समन्वय र सहकार्यमा सदैव कुशलतापूर्वक सम्पन्न गरिरहेको सर्वविदितै छ । आसन्न निर्वाचनलाई सुरक्षित रूपमा सम्पन्न गर्न एकीकृत सुरक्षा योजना अनुसार नेपाली सेनाले आफ्नो गैर-राजनीतिक चरित्रलाई कायम राख्दै सरोकारवाला सबै निकायहरूसँग आवश्यक समन्वय र सहकार्यका साथ कार्य गरिरहेको स्पष्ट पार्न चाहन्छौँ ।
आसन्न प्रतिनिधि सभा निर्वाचनलाई निष्पक्ष र भयरहित तवरले सम्पन्न गराउन सबै सुरक्षा अङ्ग एवं सरोकारवाला निकायहरू एकीकृत र समन्वयात्मक ढङ्गले कार्य गरिरहेको अवस्थामा प्रसारित असान्दर्भिक र अतिरञ्जित सामग्रीहरू प्रति नेपाली सेनाको गम्भीर ध्यानाकर्षण भएको छ । सुनियोजित ढङ्गबाट प्रसारित त्यस प्रकारका भ्रामक सूचनाहरूमा विश्वास नगर्नरनगराउनु हुन आम जनसमुदायमा नेपाली सेना हार्दिक अपिल गर्दछ ।