neapl investment mega bank
  • गृहपृष्ठ
  • प्रहरीलाई आक्रमण गर्ने मानिसहरु पक्राउ

प्रहरीलाई आक्रमण गर्ने मानिसहरु पक्राउ

Mar 4th, 2026

ललितपुर, फागुन २०

ललितपुरमा निर्वाचन गस्तीमा खटिएको प्रहरी टोलीमाथि केही व्यक्तिहरूले आक्रमण गरेका छन्।

महालक्ष्मी नगरपालिका–७ चाँगाथली क्षेत्रमा प्रहरी प्रभाग लुभुबाट खटिएको टोलीमाथि गएराति करिब पौने ११ बजे आक्रमण भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार आक्रमणकारीहरूले प्रहरीमाथि ढुंगामुढा गरेका थिए। स्थिति नियन्त्रणबाहिर जान थालेपछि प्रहरीले आत्मरक्षाका लागि एक राउन्ड हवाइ फायर गरेको थियो।

घटनामा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरिएको छ। पक्राउ परेकाहरूलाई जिल्ला अदालत ललितपुरबाट आठ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

आक्रमणमा घाइते भएका एक प्रहरी कर्मचारीको किष्ट अस्पतालमा उपचार भइरहेको छ।

पक्राउ पर्नेहरूमा मकवानपुर, मकवानपुरगढी गाउँपालिका–२ का २९ वर्षीय विकास भन्ने बुद्ध तामाङ, सल्यान दार्मा गाउँपालिका–३ का २० वर्षीय रमेश शाही, सोही स्थानका २० वर्षीय शंकर शाही तथा रुकुम सानोभेरी गाउँपालिका–२ का २२ वर्षीय राजु मगर रहेका छन्।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।