neapl investment mega bank
  • गृहपृष्ठ
  • लेवननमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

लेवननमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

Feb 27th, 2026

काठमाडौं, फागुन १५

संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापना कार्यको लागि United Nations Interim Force in Lebanon (UNIFIL), लेवननमा तैनाथ श्री सबुज गण (शान्ति सेना) ६६औं डफ्फालाई बदली गर्नको लागि श्री बिष्णुदल गण (शान्ति सेना) ६७औं डफ्फाका २२४ जना नेपाली शान्ति सैनिकहरूको पहिलो टोली आज मिति २०८२ फाल्गुण १५ गते मिसन इलाकातर्फ प्रस्थान गरेका छन्।

उक्त मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरेका २२४ जना नेपाली शान्ति सैनिकहरू आजै स्वदेश फिर्ता भएका छन् ।

हाल उक्त मिसनमा नेपाली सेनाका ५५४ जना शान्ति सैनिकहरू कार्यरत छन् ।