neapl investment mega bank
  • गृहपृष्ठ
  • जथाभावी पेट्रोलियम पदार्थ बिक्रीमा रोक 

जथाभावी पेट्रोलियम पदार्थ बिक्रीमा रोक 

Feb 27th, 2026

काठमाडौं, फागुन १५

प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न जथाभावी पेट्रोलियम पदार्थ बिक्रीमा रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालयले पेट्रोलियम पदार्थको खुला बिक्रीवितरणमा रोक लगाएको हो ।

निर्वाचन अवधिभर पेट्रोल, डिजेल र मट्टितेललगायत पेट्रोलियम पदार्थ बोतल, जर्किन वा अन्य खुला भाँडामा बिक्रीवितरण गर्न रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी जनक शर्माले बताए ।  

जिल्ला सुरक्षा समितिको बैठकअनुसार इन्धन बिक्री गर्ने सबै पेट्रोलपम्प तथा व्यवसायी अनिवार्य रूपमा सम्बन्धित निकायमा दर्ता भई सञ्चालन भएको हुनुपर्ने र दर्ता नभएका व्यक्ति वा संस्थाले पेट्रोलियम पदार्थ बिक्री–वितरण गर्न नपाउने गरी रोक लगाइएको उनले जानकारी दिए ।  

यसैगरी तोकिएको मूल्यभन्दा बढी मूल्यमा बिक्री, कृत्रिम अभाव सिर्जना, अनावश्यक मौज्दात राख्ने वा निर्वाचन प्रयोजनबाहेक अन्य प्रयोजनका लागि दुरुपयोग गर्न नपाइने व्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

एम्बुलेन्स, अस्पताल, सुरक्षा निकाय तथा निर्वाचन प्रयोजनका सवारीसाधनलगायत अत्यावश्यक सेवामा संलग्न सवारीसाधनलाई मात्र सम्बन्धित निकायको सिफारिस वा आधिकारिक परिचयपत्रका आधारमा आवश्यक परिमाणमा इन्धन उपलब्ध गराइने कार्यालयले जनाइएको छ ।