neapl investment mega bank
  • गृहपृष्ठ
  • काठमाडौंमा होली कन्सर्ट गर्न प्रतिबन्ध

काठमाडौंमा होली कन्सर्ट गर्न प्रतिबन्ध

Feb 27th, 2026

काठमाडौं, फागुन १५

जिल्ला प्रशासन कार्यालय काठमाडौंले निर्वाचन सुरक्षा देखाउँदै फागु पूर्णिमा (होली)मा कन्सर्टलगायत भीड जम्मा हुने गरी कार्यक्रम गर्न रोक लगाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजाल बिहीबार विज्ञप्ति जारी गरी ‘भीड जम्मा गर्ने, मेला महोत्सव गर्ने र मञ्च बनाइ सांगीतिक कार्यक्रमहरू गर्ने’ रोक लगाइएको जानकारी दिएका छन् ।

निर्वाचन सुरक्षालाई मध्यनजर गरी यी कार्यक्रम गर्न रोक लगाइएको विज्ञप्तिमा उल्लेख छ ।

घरमा कसैलाई अवरोध नपर्ने गरी आफन्त, परिवारजन र साथीहरू होली मनाउन प्रशासनले आग्रह गरेको छ ।

त्यस्तै, होलीका नाममा होहल्ला, झैझगडा, शान्ति सुरक्षा खलल, इच्छा विपरीत रंग दल्ने–लोला हान्ने, मादक पदार्थ सेवन गरी सामाजिक जनजीवन र सार्वजनिक मया विपरीत कार्य नगर्न जस्त क्रियाकलाप नगर्न प्रशासनले अनुरोध गरेको छ ।