काठमाडौं, फागुन १४
नेपालमा रियल इस्टेट विकास तथा लगानी प्रवर्द्धनलाई थप सुदृढ बनाउने उद्देश्यले सजिलो एसेंट म्यानेजमेन्ट र ओमेगा क्यापिटल एडभाइजर्स बीच औपचारिक रूपमा समझदारीपत्र (MoU) हस्ताक्षर सम्पन्न भएको छ ।
सजिलो एसेट म्यानेजमेन्ट नेपालमा आवासीय, व्यावसायिक, मिश्रित उपयोग Mixed-use तथा प्लटिङ हाउजिङ परियोजनाहरूको विकास, निर्माण, विक्री तवा मार्केटिङ कार्यमा संलग्न एक प्रतिष्ठित कम्पनी हो। कम्पनीले गुणस्तरीय पूर्वाधार विकास र व्यवस्थित आवासीय योजनामार्फत आनिक शहरीकरणमा योगदान पुऱ्याउँदै आएको छ ।
त्यसैगरी, ओमेगा क्यापिटल एडभाइजर्स नेपाल सरकार, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत भूमि व्यवस्थापन तथा अभिलेख विभागवाट विधिवत रूपमा घरजग्गा सम्बन्धी कारोबार गर्न इजाजतपत्र (इजाजतपत्र न BRK१८३५६०१) प्राप्त कम्पनी हो।
कम्पनीले घरजग्गा खरिद विक्री तथा लेनदेन सहजीकरण गर्ने, परियोजना विक्री तथा मार्केटिङ परामर्श दिने, रियल इस्टेट लगानी परामर्श सेवा प्रदान गर्ने, सम्पत्ति मूल्याङ्कन तथा बजार विश्लेषण गर्ने, लगानीकर्ता समन्वय तथा पूंजी व्यवस्थापन सहयोग गर्ने, कानूनी तथा प्रक्रिया सम्बन्त्री परामर्श सेवा उपलव्ध गराउने, कानूनी प्रक्रिया तथा कागजी कार्यसम्पादन परामर्श दिने जस्ता कार्यहरु गर्दै आईरहेको छ ।
ओगेगा क्यापिटल एडभाइजर्सले काठमाडी महानगरपालिका, ललितपुर महानगरपालिका, भरतपुर महानगरपालिका, हेटौंडा उपमहानगरपालिका विराटनगर महानगरपालिका, द्वरान उपमहानगरपालिका, इंटहरी उपमहानगरपालिका, पोखरा महानगरपालिका, बटवल उपमहानगरपालिका, जीतपुर सिमरा उपमहानगरपालिका, घोराही उपमहानगरपालिका, तुल्सीप्र उपमहानगरपालिका, नेपालगञ्ज उपमहानगरपालिका, धनगढी उपमहानगरपालिका, उपमहानगरपालिका, वीरगञ्ज महानगरपालिकामा सेवा प्रदान गर्न इजाजत प्राप्त गरेको छ । जनकपुर
उक्त समझदारीपत्र अन्तर्गत सजिलो एसेट म्यानेजमेन्टद्वारा विकास गरिने परियोजनाहरूको विक्री व्यवस्थापन, बजार विस्तार, लगानीकर्ता समन्वय तथा सम्पूर्ण लेनदेन सहजीकरण कार्य ओमेगा क्यापिटल एडभाइजर्सले गर्नेछ ।
यस सहकार्यले रियल इस्टेट क्षेत्रमा व्यवसायिकता, पारदर्शी विश्वसनीय कारोबार प्रणाली विकास गर्न तथा संस्थागत लगानी प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।