neapl investment mega bank
  • गृहपृष्ठ
  • तीनै तहका सरकारको कमजोरीका कारण भक्तपुरका पैदल यात्री जोखिममा

तीनै तहका सरकारको कमजोरीका कारण भक्तपुरका पैदल यात्री जोखिममा

Feb 25th, 2026


आधारभूमि फागुन १३, भक्तपुर
भक्तपुरको धेरै जसो सडकका जेब्रा क्रसिङ्गमा सोतो पेन्ट नहुदा दैनिक हजारौं पैदल यात्रीहरु मर्कामा परेको बुझिएको छ । सरकारमा भएका तीनै तहका जनप्रतिनिधिहरु दैनिक दिनको तीन चार पटक सोही सडक ओहोर दोहोर गर्दा सो सडकमा पेन्ट गराउन कुनै चासो राखेको पाइदैन ।

अझ आश्चर्य लाग्दो कुरा के छ भने आउदो आशन्न निर्वाचनमा सोही क्षेत्रका नेताहरु भोट माग्न समेत सबै दलका नेताहरु घर दैलो कार्यक्रममा सोही सडक प्रयोग गर्दा समेत पनि कसैले पनि जेब्रा क्रसिङ्गमा सेतो पेन्ट गर्ने गराउनेमा चासो राखेको पाइएको छैन ।

त्यस्तै, आम जनताको सामान्य जिउ ज्यानको सुरक्षा गर्नमा समेत ध्यान नदिने नेताहरुलाई देश विकास गर्लान् भन्नेमा आम जनताहरु विश्वास गर्न नहुनेमा विश्वस्त छन ।