सोलुखुम्बू फागुन – १२
आशन्न “फागुन २१, गते” हुन गईरहेको निर्बाचनको महा-सङ्ग्राममा सोलुखुम्बू जिल्ला नेपाली काँग्रेस पार्टीबाट प्रत्यक्ष तर्फका उम्मेदार “प्रकाशसिंह कार्की” हिजो, आज निरन्तर नागरिकहरुको घर, दैलोमा एकोहोरो लागि परेका छन। हिजो मुलुक एक्कासी निर्बाचनको लागि महा-सङ्ग्राममा होमिए पछि नवीन उदय सँग, सँगै धमाधम जन्मदर्ता भएका सँगठनहरुको माहौलमा पनि बहर सँग हिमाल चढ्ने दृढ सँक ल्प लिएका कार्की अझ आफ्नो घर, दैलो शिबिरलाई व्यापक बनाउँदै पृष्ठभुमि देखि नै नकारात्मक बिम्ब देखिएको तर सपना बाँड्न आदत लागिसकेको प्रतिद्वन्दि सँगठनका प्रतिस्पर्धिहरुलाई निर्बाचनको मत पेटिका (ब्यालेट बकस) ले नै उनको पक्षबाट गणितिय उत्तर दिने कु रामा ढुक्क रहेको बताँउछन ।
स्वभाबैले अग्रगामी यात्राहरुमा गुरुयो जनालाई विशेष महत्व राख्ने कार्की समाजबादको विश्लेषण गर्दै नीति कै बिषयमा पनि बि. पि.का आदर्शहरु मारिएका हुन वा मरेका हुन् यो कुरा सबैले बुझ्नु पर्ने अनि राज्यका भुँईफुट्टा राजनैतिक बिश्लेषकहरुले सामाजिक सञ्जाल हरुमा जति नै अतिबादी तर्क र दमनकारी कुरा राखेर समाजमा मनोबैज्ञानिक चोट् पुराउन असफल प्रयास गरे पनि उनी भन्छन परिवर्तनको मुद्दा, लोकतन्त्रको मुद्दा र आदर्शका मुद्दाहरु कहिलेकाँही सम्भवत पात्र रहित हुने गर्छन तर पतित कहिल्यै नहुने कुरा उनी खुलेर बताँउछन।
आफ्नै भित्र पुरानो बिचार तथा मोडलहरुलाई परिवर्तन गरेर नयाँ आकार खडा गरि समाजलाई समबृध्दि तर्फ रुपान्तरण गर्दै स्वास्थ्य समाज निर्माणका लागि सचेत प्रयत्न गर्न एकोहोरिएका कार्की अब कसैको भावना अपहरण गरेर होईन बिल्कुल नयाँ लोकतान्त्रिक नीति पध्दति तथा नयाँ ठोस ब्यबस्थित बिभिन्न माध्यम द्वारा मात्र समाजले अक्सिजन को अनुभूति महशुस गर्ने उनको तर्क छ । उम्मेदार कार्की भन्छन कुरा स्पष्ट छ., नेतृत्वको जिम्मेवारी तथा दर्शनहरु उसको पारदर्शिता र जवाफदेहिताले निश्चित गर्नेछ । मिठो बोली तर दुषित ब्यबहारका भुईफुट्टा राजनैतिक हिस्सेदार समाजका बिश्लेषकहरुलाई चुनौति दिँदै सटिकमा कार्की भन्छन अब “बोलवाला बेईमानको हुने छैन”।
जिल्लाबासी नागरिकहरुलाई सचेत गराँउदै फेरिपनि कार्की भन्छन स्थिति उज्यालो देखिएको मात्र हो., बाटो देखिएको होईन त्यसैले आफ्नो वजनदार अस्तित्वलाई दाउमा नराखि रुख चिन्हमा सबैले मतदान गर्न आग्रह गर्दै., अन्त्यमा बिश्वासका साथ कार्कीले भनेका छन् “घडिको सुई घुमाउँदैमा जायजको आयु घट्दैन्”., तशर्थ सोलु बासी नागरिकहरु ढुक्क हुनुहोस्.,