neapl investment mega bank
  • गृहपृष्ठ
  • बालेन विरुद्ध गृह मन्त्रालयमा उजुरी, नागरिकता रद्द गरी पाँच वर्ष जेल हाल्न माग

बालेन विरुद्ध गृह मन्त्रालयमा उजुरी, नागरिकता रद्द गरी पाँच वर्ष जेल हाल्न माग

Feb 20th, 2026

काठमाडौं, फागुन ८

रास्वपाका वरिष्ठ नेता एवं प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाह (बालेन) विरुद्ध नागरिकता सम्बन्धी गम्भीर आरोपसहित गृह मन्त्रालयमा उजुरी दर्ता भएको छ।

काठमाडौं–३१ निवासी युवराज सफलले शुक्रबार दर्ता गराएको उजुरीमा शाहले आफ्नो थर परिवर्तन गरी नागरिकताको विवरण सच्याएको दाबी गरिएको छ। उक्त उजुरीमा शाहको नागरिकता खारेज गर्न, पाँच वर्ष कैद सजाय सुनाउन तथा एक लाख रुपैयाँ जरिवाना गर्न माग गरिएको छ।

उजुरी अनुसार शाहले २०६३ पुस ६ गते महोत्तरीबाट लिएको नागरिकतामा ‘साह’ थर उल्लेख थियो। तर, काठमाडौं महानगरपालिकाको मेयर निर्वाचित भएपछि २०७९ असार १९ गते लिएको नागरिकताको प्रतिलिपिमा उनले आफ्नो थर ‘शाह’ कायम गरेको आरोप लगाइएको छ।

उजुरीकर्ताले झुटो विवरण पेश गरेर थर परिवर्तन गरिएको भन्दै तत्काल पक्राउ गरी कानुनी कारबाही अघि बढाउन माग गरेका छन्।