काठमाडौं, फागुन ७
आज ७६औँ राष्ट्रिय प्रजातन्त्र दिवस विविध कार्यक्रमसाथ देशभर मनाइएको छ । यसैक्रममा नेपाल सरकारको आयोजनामा टुँडिखेलको सैनिक मञ्चमा विशेष समारोह सम्पन्न भयो ।
२००७ सालको क्रान्तिपछि १०४ वर्ष लामो निरंकूश राणाशासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइँदै आइएको छ ।