neapl investment mega bank

पशुपतिमा महाशिवरात्रिको तयारी तीव्र

Feb 14th, 2026

काठमाडौं, फागुन २

पशुपति मन्दिर परिसरमा हिन्दु धर्मावलम्बीहरूको मुख्य पर्व महाशिवरात्रिको तयारी तीव्र पारिएको छ । 

आइतबार मनाइने महाशिवरात्रीका अवसरमा भक्तजनलाई सहज रुपमा मन्दिर दर्शनका लागि पशुपति क्षेत्र विकास कोषले आवश्यक तयारी गरेको हो । कोषले महाशिवरात्री पर्वका लागि भक्तजनलाई कुनै कमी हुन नदिने जनाएको छ । शिवरात्रीका लागि साधु-सन्तहरु पशुपति मन्दिर परिसर आइसकेका छन् ।