काठमाडौं, फागुन १
आइतबार (फागुन ३) सार्वजनिक बिदा परेको छ । संघीय सरकारले देशभर लागु हुने गरी महाशिवरात्रि पर्वको अवसरमा सार्वजनिक बिदा दिएको हो ।
२०८२ सालको सार्वजनिक बिदा सम्बन्धमा २०८१ फागुन ११ गते राजपत्रमा प्रकाशित सूचनाअनुसार आइतबार (फागुन ३) महाशिवरात्रिको अवसरमा सार्वजनिक बिदा दिइएको छ ।
आइतबार देशभर महाशिवरात्रि पर्व मनाइँदै छ । शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण गरिएको महाशिवरात्रि पर्व आइततबार देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ।