neapl investment mega bank
  • गृहपृष्ठ
  • विमानस्थल परिसरमा ५ जनाभन्दा बढी भेला हुन निषेध

विमानस्थल परिसरमा ५ जनाभन्दा बढी भेला हुन निषेध

Feb 12th, 2026

काठमाडौं, माघ २९

जिल्ला प्रशासन कार्यालय काठमाडौंले पूर्वराजा ज्ञानेन्द्र शाहको काठमाडौं आगमनका क्रममा सम्भावित प्रदर्शनलाई नियन्त्रण गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गोल्डेनगेटभन्दा भित्रको सम्पूर्ण क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलद्वारा जारी सूचनाअनुसार विमानस्थलको गोल्डेनगेटदेखि भित्रको भागमा (आन्तरिक तथा अन्तर्राष्ट्रिय टर्मिनल क्षेत्र, पार्किङस्थल लगायत) ५ जनाभन्दा बढी व्यक्ति भेला हुन, जम्मा हुन वा प्रदर्शन गर्न पूर्ण रूपमा निषेध गरिएको छ । यो आदेश तत्काल लागू भई एक महिनासम्म कायम रहने प्रशासनले जनाएको छ ।