neapl investment mega bank
  • गृहपृष्ठ
  • विद्युतीय सवारीको भाडादर घटाउने सरकारको तयारी

विद्युतीय सवारीको भाडादर घटाउने सरकारको तयारी

Feb 12th, 2026

यातायात व्यवस्था विभागले विद्युतीय सवारी (इभी) को भाडादर १० प्रतिशतसम्म घटाउने तयारी गरेको छ । विभागले यस विषयमा आन्तरिक छलफल अघि बढाएको जनाएको छ ।

हाल डिजेल बसको भाडादर निर्धारण गरिए पनि इभी बसको भाडादर स्पष्ट रूपमा कायम नभएको भन्दै नयाँ दर निर्धारणबारे छलफल भइरहेको हो । डिजेल बसको तुलनामा इभी बसको सञ्चालन खर्च कम पर्ने आधारमा भाडादर घटाउने प्रस्ताव गरिएको विभागको भनाइ छ ।