काठमाडौं, माघ २८
विश्व बैंकले नेपालको सार्वजनिक सेवा र सार्वजनिक पूर्वाधारलाई डिजिटलाइज गर्न पाँच लाख अमेरिकी डलर ऋण स्वीकृत गरेको छ । विश्व बैंकका कार्यकारी निर्देशकहरूको बोर्डले यस्तो स्वीकृति दिएको हो ।
नेपाल डिजिटल ट्रान्सफर्मेसन परियोजनाले एकीकृत अनलाइन नागरिक सेवा पोर्टल र एकीकृत सामाजिक दर्तासहितका डिजिटल प्लाटफर्ममा लगानी गर्ने उल्लेख छ । यस परियोजनाअन्तर्गत सरकारीस्तरमा सुरक्षित डेटा आदानप्रदान प्रणाली तथा प्रमाणित कागजात र डिजिटल वालेट व्यवस्थापन गर्न डिजिटल लकर निर्माण गर्ने उल्लेख छ ।