neapl investment mega bank
  • गृहपृष्ठ
  • राजेन्द्र महताेको पार्टीको चुनावी घोषणापत्र सार्वजनिक

राजेन्द्र महताेको पार्टीको चुनावी घोषणापत्र सार्वजनिक

Feb 10th, 2026

काठमाडौं, माघ २७

राजेन्द्र महताे नेतृत्वकाे राष्ट्रिय मुक्ति पार्टी नेपालले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । मंगलबार सार्वजनिक घोषणापत्रमा उक्त पार्टीले सङ्घर्षको मूल दर्शन स्वदेशवाद रहेको उल्लेख गरेको छ ।

घोषणापत्रमा राज्य र समाजको वैकल्पिक मोडेल प्रस्तुत गरिएको छ । जसमा संविधानको पूर्ण संशोधन गरी बहुलराष्ट्रिय लोकतन्त्र स्थापना गर्ने उल्लेख छ । जहाँ सबै राष्ट्र/समुदायलाई आत्मनिर्णय, स्वायत्तता, एवं समानुपातिक प्रतिनिधित्वको ग्यारेन्टी हुने उल्लेख छ ।