काठमाडौं, माघ २६
आज प्रि ओपन सेसनमा नेप्से परिसूचक ३.१५ अंक बढेर २७०१.६० विन्दुमा आइपुगेको छ।
यस सेसनमा १ करोड ७० लाख ३८ हजार ६०९ रुपैयाँ ६० पैसाको सेयर कारोबार भएको छ ।
सेसन अवधिभरमा ५६ कम्पनीको ३४ हजार २०६ कित्ता सेयर खरिदबिक्री भएको छ।
नेप्सेमा कारोबार भएकामध्ये २९ कम्पनीको सेयर मूल्य बढ्दा २६ कम्पनीको सेयर मूल्य घटेको छ भने ६ कम्पनीको मूल्य स्थिर रहेको छ।