neapl investment mega bank

देशमा विकास र सुशासन…

Feb 5th, 2026

काठमाडौं, माघ २२

देशमा विकास र सुशासनको लागि काम गर्ने छु
मेरो देश नेपाललाई नजिक बाट चिनेको छु
देश र जनताको लागि काम गर्ने छु
नेपालको बारेमा धेरै कुरा बुझेको छु

हाम्रो देश ,हाम्रो नेपाल ,हामी मिलेर बनाउछौ
अब नेपाली भएर बाच्ने छौ
राष्ट्र प्रतिको जिम्मेवारी निभाउन अझ बढी मेहनत गर्नु छ
नेपालको छोरो हुनुको नाताले नेपाली माटोको सुरक्षा गर्नु छ

सबै नेपालीको सुख,दुस्खमा सारथि हुनु जिवनको मुख्य संकल्प हुने छ
भ्रष्टाचार मुक्त समाज र सबै नेपालीको अधिकारको लागि लडनु छ
इतिहास साथी छ म अझै मैदानमा नै छु
यो देशको लागि काम गरेर देखाउने छु

जनताको आवाज बुलन्द गर्न आएको छु
विकास र सुशासनको अभियानमा लागेको छु
अरुको पसिना र रगतमा पदमा बसिरहने चलनको अन्त्य गर्ने छु
अब नयाँ सुरुवात गर्ने छु

देशको लागि एक एक थोपा पसिना बगाउ देश समृद्ध बन्छ
नेपाली भएर नेपालको निम्ति सोच्नुपर्छ
नारामा हैन नतिजामा आधारित विकास गर्नुपर्छ
सबै देशबासिलाई विकासको महसुस गराउनु छ

देशमा रोजगारी सिर्जना गर्नु छ
गुणस्तरीय शिक्षामा सबैको पहुच हुनुपर्छ
सबै नेपालीलाई स्वास्थ उपचारको सुविधा हुनुपर्छ
युवाहरुलाइ देशमै रोजगारको व्यवस्था गर्नुपर्छ

जनताको आशालाई केन्द्रविन्दुमा राखेर काम गर्नु छ
समृद्ध र सुन्दर नेपाल निर्माणको खातिर एक जुट हुनुपर्छ
परिवर्तनको बाटोमा हामी आफै लाग्नुपर्छ
समृद्ध नेपाल हाम्रो खुसीमा छ

हामीले जिम्मेवार बन्नु छ
हामिले ईमानदार हुनु छ
जहाँ भए पनि हाम्रो मुटुको एउटै धडकन छ
यो देशको शिर उच्चो राख्नु छ

देशमा विकास र सुशासनको लागि काम गर्ने छु
मेरो देश नेपाललाई नजिक बाट चिनेको छु
देश र जनताको लागि काम गर्ने छु
नेपालको बारेमा धेरै कुरा बुझेको छु

लेखक: गोबिन्द राज ओझा (राजन)