काठमाडौं, माघ १८
आज सुनचाँदीको मूल्यमा भारी अंकको गिरावट आएको छ । शुक्रवारको तुलनामा सुन प्रतितोला १८ हजार ८ सय रुपैयाँले घटेको छ भने चाँदी प्रतितोला १ हजार ५६५ रुपैयाँले घटेको छ ।
मूल्यमा गिरावट आएसँगै आइतबार सुन प्रतितोला ३ लाख रुपैयाँ कायम भएको छ ।
आज चाँदी मूल्य घटेसँगै प्रतितोला ५ हजार ५ सय रुपैयाँ कायम भएको छ । यसअघि बिहीबारको तुलनामा पनि प्रतितोला ४४० रुपैयाँले घट्दै शुक्रवार चाँदीको मूल्य प्रतितोला ७ हजार ६५ रुपैयाँ कायम भएको थियो ।