काठमाडौं, माघ ९
म्याग्दीमा प्रतिनिधिसभा निर्वाचनका लागि स्वतन्त्र उम्मेदवार बनेका पूर्वशिक्षामन्त्री महावीर पुनले त्रिभुज चुनाव चिह्न प्राप्त गरेका छन्।
उनले शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उक्त चिह्न रोजेका थिए। लगत्तै उनलाई निर्वाचन चिह्न प्रदान गरिएको छ।
राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्षसमेत रहेका पुनले म्याग्दी निर्वाचन क्षेत्र नं. १ बाट स्वतन्त्र उम्मेदवारी दिएका हुन्।