neapl investment mega bank
  • गृहपृष्ठ
  • ब्यबसायीहरुलाई स्थानिय उत्पादित बस्तुले बजार नपाउने चिन्ता

ब्यबसायीहरुलाई स्थानिय उत्पादित बस्तुले बजार नपाउने चिन्ता

Jan 21st, 2026

सोलुखुम्बू माघ – ७

बिगत सोलुखुम्बु जिल्ला नेचासल्यान गाँउपालिकाको स्थानिय सरका रले वडा नं. – २, का केही बेरोजगार नागरिकहरुका लागि घरेलु प्रयो जनका लागि अति आवश्यक तथा आयमुलक सीप् (नुहाउने र लुगा धुने) साबुन बनाउने तालिमको ब्यबस्था गरेको थियो ।

सो तालिम स्थानिय केहिले लिए र सो पश्चात् तालिम लिईसकेका केही उत्सुक प्रशिक्षार्थीहरुले तत्काल एउटा ६, जनाको समिति समेत गठन गरि जनहि प्रत्येकले रु- २०, हजारको दरले रकम सँकलन गरि जम्मा १, लाख २०, हजारको कुल लागतमा साबुन उत्पादनमा सामुहिक ब्यब साय समेत सुरु गरेका थिए।

विशेष गाँउघर मै प्रशस्त पाइने अर्गानिक बनस्पतिहरु जस्तै., तितेपाति, घ्यूकुमारी, गुलाब, दूध र महबाट यहाँ उत्पादन हुने साबुनहरु सबै सत् प्रतिशत गुणस्तर भएपनि सायद अपुरो (अचकल्टो) तालिमको कारण हाल यहाँ उत्पादित सामाग्रीहरु मा आकर्षण दिन नसक्दा यो ब्यबसायले सोचेजस्तो आकार र बजार लिन, दिन दुबै नसकेको र अझ उत्पादित बस्तुहरु ओझेलमा पर्नुको मुख्य कारण उत्पादित बस्तुहरुको बिज्ञापन गर्न नसक्नुले पनि ब्यबसायलाई थप् नकारात्मक बल पुगेको भन्दै., यो बिषयमा बेलिबिस्तार लाउन हाल उत्पादित साबुन समुहको अध्यक्ष नवीन कुमार जोगीले बताए ।