neapl investment mega bank

कविता: सबै जना मिलिजुली काम गरे मात्र…

Jan 18th, 2026


सबै जना मिलिजुली काम गरे मात्र देश बन्छ
देश बाच्नुपर्छ
यहाँको माटोमा आफ्नोपन छ
यहाँको हावापानीमा अपनत्व छ

देशको निम्ति हाम्रो समर्पण सधै रहिरहने छ
देशको रक्षाको निम्ति ईमानदार प्रयत्न चाहिन्छ
राष्ट्रिय एकता सधै रहिरहनु पर्छ
अग्ला पहाड र हरिया फाटहरु मुस्कुराएको सधै देखिन्छ

देश जोगाउन हामिले आफ्नो भुमिका निर्वाह गर्न सक्नुपर्छ
हाम्रो इतिहास बचाउनु छ
हाम्रो संस्कृति बचाउनु छ
देशको गरिमा बढाउनु छ

पहिले देश नबनेकोमा चिन्ता
अहिले देश नरहने हो कि भन्ने चिन्ता
देशको अस्मिता जोगाउनु सबैभन्दा ठुलो जिम्मेवारी हो
सबै सुखी होउन देशमा शान्ति छाओस यहि चाहना हो

सबै जना मिलिजुली काम गरे मात्र देश बन्छ
देश बाच्नुपर्छ
यहाँको माटोमा आफ्नोपन छ
यहाँको हावापानीमा अपनत्व छ

लेखक: गोबिन्द राज ओझा (राजन)