काठमाडौं, माघ १
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादी र संयुक्त जेनजी आन्दोलनका संयोजक मिराज ढुंगानाबीच सर्वपक्षीय सहमति र अन्तरिम सरकार गठनका लागि संयुक्त रूपमा सङ्घर्ष गर्ने सहमति भएको छ। बुधबार विप्लव र ढुंगानाले ४ बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका हुन्।
जेनजी विद्रोहको मागहरू पुरा गर्न सङ्घर्ष गर्ने, आन्दोलन र जनताको चाहना बमोजिम संविधानको संशोधन, स्थिर सरकार, भ्रष्टाचार विरुद्ध विशेष न्यायिक निकाय गठन, राज्यको अग्रगामी पुनर्संरचनाका लागि संयुक्त रूपमा सङ्घर्ष गर्ने सहमति भएको छ।