neapl investment mega bank

वडा नं. – २ ले बाजि मार्यो

Jan 15th, 2026

सोलुखुम्बू पौष – ३०

सोलुखुम्बू जिल्ला नेचासल्यान गाँउपालिका वडा नं.-२, स्थित श्री महेन्द्रोदय मा. बि. को प्राङ्गणमा खुल्ला वडा स्तरिय भलिबल प्रतियोगिताको छिनो फानो भएको छ । सो खेल नेपाल तरुणदल जिल्ला कार्य समिति सोलुखुम्बू तथा “पाईला पाईला आशा” सँस्था द्वयको सह-प्रायोजनमा सञ्चालन भएको थियो। बिगत यहि २८ गते देखि आज सम्म नयाँ सँरचना अन्तर्गत खुल्ला वडा स्तरिय खेलमा नेचासल्यान गाँउपालिका वडा नं.-२, ले पहिलो स्थान बापतको नगद रु – १, लाखलाई आफ्नो सन्दुक भित्र तालाबन्दि गरि आकर्षकले भरपुर पहिलो फिलाई चुम्दै बिजेता बनेका छन भने अथक प्रयास पछि पनि पहिलो सन्दुक खोल्न असफल भएका सोलु दूधकुण्ड नगरपालिका – १०, अन्त त नगद रु ७५ हजार सहित दोश्रो ट्रफिलाई रोज्दै उपबिजेता बनेका छन ।

खेलको आरम्भ देखि नै प्रचलित नक आउट खेलमा प्रतिस्पर्धि प्रत्येक टिमहरुलाई किनारा लगाँउदै खेल मा शासन गर्दै आए पनि एक्कासी फाईनल प्रबेशमा रोक लागे पछि तृतिय स्थानको लागि मात्र प्रतिस्पर्धा गर्न बाध्य भएका जलेश्वरी खोटाङ्ग ४, र रावाबेंशी खोटाङ्ग – ४, मध्ये जलेश्वरी ४, लाई पछि पार्दै रावाबेंशी ४, ले नगद रु – ५०, हजारको थैलिलाई कसिलो पारेको थियो भने जलेश्वरी – ४ नगद रु २५, हजार सहित सान्त्वना भएका छन ।

खेलको आरम्भ देखि नै सहभागी खेलाडिहरुले आ- आफ्नो कलालाई रोचक तथा शानदार प्रस्तुत गरेका थिए भने खेल को विभिन्न बिधाहरु मध्ये क्रमश: उत्कृष्ट डिफेन्डरमा नेचासल्यान – २, का मिलन के. सी., उत्कृष्ट सटरमा नेचासल्यान – २, का अर्जुन राई., उत्कृष्ट ब्लकरमा नेचासल्यान -२, का दिपक नेवार., र उत्कृष्ट स्पाईकरमा सोलु दुधकुण्ड नगरपालिका टाप्टिङ्ग – १०, का शन्तोष श्रेष्ठले प्राप्त गरेका छन् । राजाहरुको राजा महाराजा भने जस्तै उत्कष्ट हरुको पनि “सर्बोउत्कृष्ट” भने दर्शकहरुको मात्र नभई रेफ्रिको समेत आँखामा नेचासल्यान २, का निर्मल निरौला चुनिएका छन ।

यसै गरि उदयमान खेलाडिको रुपमा जलेश्वरी खोटाङ्ग ४, का टम राईले नगद रु ५, हजार सहित सम्मान पाएका छन भने आजको “म्यान अफ द म्याच” मा चुनिएका रावाबेंशी खोटाङ्ग – ४, का शैलेश तामाङ्गले पनि नगद रु – ५, हजार सहित सम्मान पाएका छन ।