काठमाडौं, पुस ३०
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सभापति पदका लागि उम्मेदवारी दिएका छन् । काठमाडौंको भृकुटीमण्डमा जारी दोस्रो विशेष महाधिवेशनमा थापाले सभापतिका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।
निर्वाचन समितिका अनुसार सभापतिमा थापाको मात्रै मनोनयन दर्ता भएको हो यसैगरी अन्य सबै पदाधिकारीका लागि पनि मनोनयन दर्ता भइसकेको छ ।