काठमाडौं, पुस २९
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधवकुमार नेपालले शपथ लिएका छन् । जेष्ठ नेता एनके प्रसाईँले नेकपाका केन्द्रीय सदस्यहरूलाई शपथ गराएका हुन् ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मङ्गलबार दिउँसो २ हजार ४९९ केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् । शपथ लगत्तै प्रसाईँले नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई परिचय पत्र हस्तान्तरण गरेका थिए ।
नेकपाका नेता गंगालाल तुलाधरका अनुसार शपथ लिएका केन्द्रीय सदस्यहरूले केन्द्रीय कार्यालयमा १ हजार रुपैयाँ तिरेपछि परिचयपत्र दिने व्यवस्था गरिएको छ ।