अमेरिकी राष्ट्रपतिको रुपमा डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकाल सुरु गरेयता १ लाख भन्दा बढी भिसा खारेज भएको छ ।
यी भिसा गत वर्ष २०२५ मा रद्द गरिएका हुन्। जसमा लगभग ८ हजार विद्यार्थी अनुमतिपत्र पनि समावेश थिए।
अमेरिकी विदेश विभागका अनुसार सीमा सुरक्षा र सार्वजनिक सुरक्षालाई सुदृढ पार्ने अभियानका रुपमा यो अहिलेसम्मकै सबैभन्दा ठूलो कदम हो। अमेरिकी विदेश विभागका प्रमुख उपप्रवक्ता टमी पिगोटले यसलाई अमेरिकी नागरिकको सुरक्षा र अमेरिकी सार्वभौमसत्ता जोगाउन ट्रम्प प्रशासनले चालेको कदमका रुपमा उल्लेख गरे।