neapl investment mega bank
  • गृहपृष्ठ
  • खुल्ला वडा स्तरिय पुरुष भलिबल प्रतियोगिताको उदघाटन

खुल्ला वडा स्तरिय पुरुष भलिबल प्रतियोगिताको उदघाटन

Jan 12th, 2026

सोलुखुम्बू पौष – २८

सोलुखुम्बु जिल्ला नेचासल्यान गाँउपालिका वडा नं – २, स्थित श्री महेन्द्रोदय मा.बि. को खुल्ला प्राङ्गणमा आज देखि खुल्ला वडा स्तरिय भलिबल प्रतियोगिता आरम्भ गरिएको छ । आरम्भ देखि समापन सम्म ३, दिन लगातार खेलाईने आजको यो खेल नेपाल तरुणदल जिल्ला कार्यसमिति सोलुखुम्बू र “पाईला पाईलाको आशा” सँस्था द्वयको सह-प्रायोजनमा सञ्चालन गरिएको बताईएको छ ।

आज कार्यक्रमलाई उदघाटन कार्यक्रमका प्रमुख अतिथि तथा स्थानिय गाँउपालिका प्रमुख धनजन राईले गरेका थिए भने बिशिष्ठ अतिथिमा “पाईला पाईलाको आशा” सँस्थाका सँस्थापक डा. पासाङ्ग काजी शेर्पा रहेका थिए । कार्यक्रममा विभिन्न सँघ, सँगठनका जनप्रतिनिधि हरु., स्थानिय बुध्दिजिबि तथा समाजशेवीहरु र खेलप्रेमि दर्शकहरु को उपस्थिति पनि निक्कै बाक्लो रहेको थियो । जम्मा १६, टिम सहभागी भएको र ठूलै अँकको पुरस्कार राशी रहेको यस खेलमा * बिजेता., *उपबिजेता, * तृतिय र सान्त्वनाले ट्रफि मेडल र प्रमाणपत्र सहित क्रमश नगद रु १, लाख., ७५, हजार, ५०, हजार र सान्त्वना ले नगद रु – २५, हजार प्राप्त गर्ने बताईएको छ । यस खेलमा सर्बो-त्कृष्ट खेलाडिलाई आकर्षित ट्रफिको साथै खेलको विभिन्न बिधाहरु मा खेलको बिधा अनुशार उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडिहरु प्रत्ये कलाई छुट्टा छुट्टै ट्रफि मेडल तथा प्रमाणपत्रहरुको समेत ब्यबस्था रहेको बताईएको छ।

स्वास्थ्य जीबनमा उमेर तह अनुशार अधिकाँश युबा, युबतिहरुलाई विभिन्न खेलहरु प्रति आकर्षण बढ्नु स्वभाबिक मानिन्छ तथापि यो समूह द्वारा खेलिने यो खेलको बिशेष्ता पनि अरु खेलहरु भन्दा छुट्टै रहेको हन्छ । विशेष खेल भित्रको विभिन्न बिधा हरु मध्ये स्म्याच, सट् (प्रहार) लाई विशेष महत्व राख्ने यो खेल हाम्रो देशको राष्ट्रिय खेल मात्र नभएर बिश्वभर खेलिने दिनानुदिन लोकप्रि यता बढदै गएको पुरानो खेल पनि हो ।

साधाहरणतय “तरुण” भन्ना ले युबाहरु बझाउने र “दल” भन्नाले पार्टी सँगठन बुझाउने आज यस खेलको प्रायोजक “तरुणदल” पनि नेपाली काँग्रेसको भातृ सँगठन होईन भन्नू पनि अवश्य नमिल्ला तथापि एकातिर फ्रान्समा बसेर अपाङ्गहरु लक्षित स्वास्थ्य सम्बन्धि सँस्था “पाईला पाईलाको आशा” का सँयोजक डा. पासाङ्ग काजी शेर्पा तथा आज कार्यक्रमका सभा पति तथा सोलुखुम्बु जिल्ला तरुणदल अध्यक्ष अशोक कुमार झा प्रायोजक द्वयले रहर, कला र क्षमता सबै भएका तर अवशर नपाई ओझेलमा परेका स्थानिय तथा बाह्य गाँउपालिका भित्रका खेलाडिहरुको मर्मलाई मध्यनजर गर्दै यो खेल आयोजना गरिएको समेत हामिलाई बताएका छन। अन्त्यमा आज विशेष सह-प्रायोजक डा. शेर्पाले प्रत्येक सेट खेलको उत्कृष्ट खेलाडिलाई नगद रु ५, हजार दिने घोषणा गरेकाछन भने आज कार्यक्रमका सभापति तथा ने.का. जिल्ला तरुणदल अध्यक्ष झाले सहभागी खेलाडिहरु सबैलाई शुभ-कामना सहित आजको उदघाटन कार्यक्रम समापन भएको घोषणा गरेका छन ।