neapl investment mega bank
  • गृहपृष्ठ
  • आयुर्वेद चिकित्सक संघको ११ औँ महाधिवेशन चैत २० गते

आयुर्वेद चिकित्सक संघको ११ औँ महाधिवेशन चैत २० गते

Jan 9th, 2026

काठमाडौं, पुस २४

नेपाल आयुर्वेद चिकित्सक संघको ११ औँ महाधिवेशन यही चैत २० गते हुने भएको छ। संघको कार्यसमितिको निर्णय अनुसार ११ औँ महाधिवेशन काठमाडौंमा चैत २० र २१ गते हुने भएको हो।

उक्त महाधिवेशनले नयाँ कार्यसमिति चयन गर्नेछ। संघले फागुन मसान्तसम्म सबै सदस्यहरुलाई आफ्नो सदस्यता नवीकरण आग्रह समेत गरेको छ। २०५४ सालमा स्थापित यो संघमा ५ सय बढी चिकित्सक साधारण सदस्यका रुपमा आवद्ध छन्।