neapl investment mega bank
  • गृहपृष्ठ
  • कुलमान घिसिङ काठमाडौं–३ बाट चुनाव लड्ने तयारीमा

कुलमान घिसिङ काठमाडौं–३ बाट चुनाव लड्ने तयारीमा

Jan 7th, 2026

काठमाडौं, पुस २३

ऊर्जा, भौतिक र सहरी विकाससहित ३ मन्त्रालयको जिम्मेवारी सम्हालेका कुलमान घिसिङ काठमाडौं–३ बाट चुनाव लड्ने तयारीमा छन् ।

उज्यालो नेपाल पार्टी रास्वपामा मिसाउँदा उपाध्यक्ष बनेका उनी काठमाडौँ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाको उम्मेदवार बन्नेगरी तयारीमा जुटेका हुन् ।

कुलमानका दाइ गणेश घिसिङले उनी काठमाडौं क्षेत्र नम्बर–३ बाट निर्वाचन लड्ने तयारी गरिरहेको बताए । ‘काठमाडौं निर्वाचन क्षेत्र नम्बर-३ बाट चुनाव लड्ने निश्चित जस्तै हो’, गणेशले भने ।