neapl investment mega bank
  • गृहपृष्ठ
  • हर्क साम्पाङ सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा

हर्क साम्पाङ सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा

Jan 7th, 2026

काठमाडौं, पुस २३

धरान उपमहानगरपालिकाका मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आगामी प्रतिनिधिसभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने घोषणा गरेका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो उम्मेदवारी सार्वजनिक गर्दै उनले लेखेका छन्, ‘म सुनसरी क्षेत्र नं–१ बाटै प्रतिनिधिसभाको चुनाव लड्नेछु ! जय माटो !’ 

वि.सं. २०७९ को स्थानीय तह निर्वाचनमा धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारका रूपमा मेयर पदमा निर्वाचित भएका साम्पाङले हालै आफ्नै अध्यक्षतामा ‘श्रम संस्कृति पार्टी’ निर्वाचन आयोगमा दर्ता गराएका छन् ।