neapl investment mega bank
  • गृहपृष्ठ
  • राष्ट्र बैंकले २५ अर्बको ऋणपत्र जारी गर्ने

राष्ट्र बैंकले २५ अर्बको ऋणपत्र जारी गर्ने

Jan 6th, 2026

काठमाडौं, पुस २२

काठमाडौं । नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ । राष्ट्र बैंकले आज पुस २२ गते ऋणपत्र जारी गर्ने भएको सूचनामार्फत जानकारी दिएको छ ।

‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ घ’ जारी गर्ने भएको सूचनामा उल्लेख छ । यो ऋणपत्रमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले आवेदन दिन पाउने राष्ट्र बैंले जनाएको छ ।

आज मध्याह्न २ बजेसम्म यस ऋणपत्रको अनलाइनबाट बोलकबोल हुनेछ । बोलकबोलका माध्यमबाटै यो ऋणपत्रको ब्याजदर निर्धारण हुने केन्द्रीय बैंकले जनाकारी दिएको छ ।

यो एकवर्षे अवधिको ऋणपत्र हो। यसको साँव भुक्तानी २०८३ पुस २२ गते हुने भने ब्याज अर्धवार्षिक रुपमा भुक्तानी हुने छ । यस ऋणपत्रमा न्यूनतम ५ करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निस्शेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलपत्र पेस गर्न सकिने बैंकले बताएको छ ।