काठमाडौं, पुस १९
राष्ट्रिय मुक्ति पार्टी नेपालले मोरङ क्षेत्र नं. ५ स्तरीय भेला कार्यक्रम धनपालथान गाउँपालिका–४, सिमरा प्रतिमा सम्पन्न गरेको छ।
उक्त भेलामा पार्टीका कार्यकर्ता तथा नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता क्षेत्रीय अगुवा प्रदीप मण्डलले गरेका थिए।
भेलामा पार्टीका वरिष्ठ नेता सञ्जुहाङ पलुवाङ प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। त्यसैगरी राष्ट्रिय उपाध्यक्ष त्रिनारायण राजवंशी, चन्द्रप्रसाद राजवंशी, बलराम ऋषिदेव, राजेन्द्र गुप्ता तथा जिल्ला अध्यक्ष सत्यनारायण शाहलगायतका नेताहरूले कार्यक्रमलाई सम्बोधन गरेका थिए।
वक्ताहरूले पार्टीको नीति, विचारधारा, संगठन विस्तार, कार्यकर्ता परिचालन तथा आगामी राजनीतिक रणनीतिबारे धारणा राख्दै कार्यकर्ताहरूलाई एकताबद्ध र सक्रिय भएर अघि बढ्न आग्रह गरे।
कार्यक्रममार्फत धनपालथान गाउँपालिका तथा मोरङ क्षेत्र नं. ५ अन्तर्गतका विभिन्न तहका कमिटी गठन गरिएको पार्टीले जनाएको छ। भेलाले पार्टीको संगठनात्मक सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।