neapl investment mega bank
  • गृहपृष्ठ
  • दराजद्धारा, दराज १.१, द नं १ सेल सार्वजनिक, नयाँ वर्षको सुरुवात विशाल बचतसँगै

दराजद्धारा, दराज १.१, द नं १ सेल सार्वजनिक, नयाँ वर्षको सुरुवात विशाल बचतसँगै

Dec 30th, 2025

काठमाडौ, पुस १५

देशकै अग्रणी अनलाइन किनमेल गन्तव्य दराज नेपालले नयाँ वर्षलाई अझ विशेष बनाउने सोच सहित दराज १.१ र द नं १ सेल सार्वजनिक गरेको छ । वर्षको सुरुवात उत्साहजनक अफरहरूसँगै गर्न चाहने ग्राहकहरूका लागि यो सेल डिसेम्बर ३१ राति ८ बजे सुरु भई जनवरी ५ सम्म सञ्चालन हुनेछ ।

१.१ सेल अवधिभर ग्राहकहरूले विभिन्न श्रेणीका उत्पादनहरूमा ७० प्रतिशतसम्मको फ्ल्यास सेल, ६० प्रतिशतसम्मको मेगा डिल, साथै छानिएका सामग्रीहरूमा निःशुल्क डेलिभरीको सुविधाको मज्जा लिन सक्नछन् ।

यस अभियानमा साझेदार अफरहरू पनि समावेश छन् । गोल्ड पार्टनर ब्राण्डहाउसका तर्फ बाट ६० प्रतिशतसम्मको छुट उपलब्ध हुनेछ । यसमा एडिदास र रिबक लगायत लोकप्रिय अन्तर्राष्ट्रिय ब्रान्डहरू समेटिएका छन् । त्यसै गरी, सिल्भर पार्टनर नाइकका तर्फ बाट ५० प्रतिशतसम्मको छुट उपलब्ध हुनेछ । यसले प्रिमियम ब्रान्डहरूलाई अझ किफायती बनाउने दराजको विश्वास छ ।

सेलको प्रमुख आकर्षणका रुपमा क्रेजी फ्ल्याश सेल पनि रहने छ । डिसेम्बर ३१ राति ८ बजेदेखि उपलब्ध गरिने यी डिलहरु सिमित समय र सिमित स्टकमा उपलब्ध हुनेछन् ।
साथै, अभियान अवधिभर दैनिक फ्ल्याश सेल मार्फत सामान्य समय भन्दा कम मूल्यमा अफरहरू पनि उपलब्ध हुनेछन् । यसले ग्राहकहरूलाई प्रत्येक दिन नयाँ छुट सहितका आकर्षक अफरको अनुभव प्रदान गर्नेछ ।

ग्राहकलाई अझ विश्वासका साथ किनमेल गर्न मद्दत पु¥याउने सोचका साथ, ‘बेष्ट प्राइस’ ट्याग भएका उत्पादनहरूमा विगतमा झैँ यस पटक पनि दराजको २ गुणा मूल्य अन्तर फिर्ता ग्यारेन्टी लागू हुनेछ ।

यस अन्तर्गत नेपालभित्र कुनै अन्य अनलाइन प्लेटफर्ममा सोही उत्पादन कम मूल्यमा उपलब्ध भएमा र योग्यता सर्तहरू समेत पूरा भएमा दराजले मूल्य अन्तरको दोब्बर रकम फिर्ता गर्नेछ ।