neapl investment mega bank
  • गृहपृष्ठ
  • सोलुखुम्बू पौष – १५, पाँचौ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता आजबाट प्रारम्भ

सोलुखुम्बू पौष – १५, पाँचौ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता आजबाट प्रारम्भ

Dec 30th, 2025

काठमाडौं, पुस १५

सोलुखुम्बू जिल्ला नेचासल्यान गाँउपालिकाले पनि प्रत्येक बर्ष राज्य भरि स्थानिय तहमा खेलाँउदै आईरहेको नियमित राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितालाई आजबाट प्रारम्भ गरेको छ। प्रारम्भ देखि समापन सम्म लगातार स्थानिय गाँउपालिका भरि ६ मा.बि. तहका बिधार्थी भाईबहिनीहरु बिच विभिन्न खेलहरुमा प्रतिस्पर्धा गराईने आजको खेलकुद कार्यक्रमलाई स्थानिय गाँउपालिका प्रमुख धनजन राईले उदघाटन गरेका थिए भने आजको कार्यक्रममा उप-प्रमुख बिना राई., स्थानिय प्रशासकिय प्रमुख टँकनाथ घिमिरे., बिभिन्न वडाका जनप्रतिनिधिहरु लगायत बिभिन्न बिधालयका शिक्षक, शिक्षिकाहरु तथा खेलमा सहभागी बिधार्थी भाईबहिनीहरु धेरैको उपस्थिति रहेको थियो ।

बास्तवमा राष्ट्रपति रनिङ्ग शिल्ड बिधालय स्तरबाट खेलाईने राष्ट्रिय खेल नै हो., यो देशमा ०६५ सालमा राष्ट्रपति निर्बाचन भए पश्चात् ०६६ साल देखि शुरु गरिएको खेल हो। यो खेल निर्बाचन अगाडि बिरेन्द्र शिल्ड नामले खेलाईने गरिन्थ्यो भने विशेष १८ बर्ष भन्दा मुनिका १२ कक्षा सम्म अध्यनरत बिधार्थी भाईबहिनीहरु लक्षित यस खेलकुद प्रतियोगिताले बिधार्थी भाईबहिनी हरुलाई अनुशासित, मर्यादित र ब्यबस्थित गर्न नेपाल सरकारबाट छुट्टै युबा तथा खेलकुद मन्त्रालय द्वारा सञ्चालित हुने समेत गर्दछ ।

स्थानिय स्तर., जिल्ला स्तर., प्रदेश स्तर हुँदै., क्रमश केन्द्र स्तर सम्म उत्कृष्ट खेलाडीहरु छनौट गर्दै अन्तराष्ट्रिय स्तर सम्म लैजाने यस खेललाई बिरेन्द्र शिल्डको अनुशरण गर्दै राष्ट्रपति रनिङ्ग शिल्ड नामाकरण दिए पनि यो खेल बिगत बिरेन्द्र शिल्डले जस्तै लोकप्रियता भने पाँउन नसकेको पनि देखिन्छ । बास्तवमा “स्वास्थ्य नै खेलकुद” जस्तो महत्वपुर्ण नारा बोकेको यो खेलकुद बिषय एउटा खेलाडीहरु उत्पादन गर्ने प्लेटफर्म मात्र नभई यसले खेलाडी हरुलाई आफ्नो कला प्रदर्शन गर्न पाँउने सुबर्ण अवशर समेत प्रदान गरिरहेको हुन्छ ।