काठमाडौं, पुस १५
भारतका विभिन्न स्थानबाट सात जना नेपाली बालबालिकाहरुको उद्धार गरिएको छ । नेपाली राजदूतावास, भारतीय प्रहरी र केन इन्डिया नामक सामाजिक संस्थाका निर्देशक नविन जोशीको अगुवाइमा ती बालबालिकाहरुको उद्धार गरिएको हो ।
जोशीका अनुसार भारत विहारका विभिन्न क्षेत्रमा जोखिमयुक्त अवस्थामा रहेका उनीहरुलाई उद्धार गरी नेपाल ल्याउन लागिएको हो । विहारमा रहेका उनीहरु सबै मधेश प्रदेशका छन् ।
जोशीकै अगुवाइमा केही साताअघि भारतको उत्तराखण्डस्थित काशिपुरमा बन्धक बनाइएका ३५ जना नेपाली युवकको उद्धार गरिएको थियो ।