neapl investment mega bank

मेयरबाट राजीनामा दिने बालेनको तयारी

Dec 28th, 2025

काठमाडौं, पुस १३

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले मेयर पदबाट राजीनामा दिने भएका छन् । फागुन २१ गते हुने भनिएको प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार बन्ने भएपछि बालेनले दुई हप्तापछि मेयरबाट राजीनामा दिने तयारी गरेका हुन् ।

आईतबार बिहान मेयर बालेन र रास्वपा सभापति रवि लामिछाने बिच ७ बुँदे सहमति भएको थियो । जसमा बालेन रास्वपाबाट चुनाव लड्ने, संसदीय दलको नेता बन्ने र प्रधानमन्त्री हुने सहमति भएको थियो । जसको लागि बालेनले माघ ६ गते भित्र महानगरको जिम्मेवारीबाट राजीनामा दिनुपर्ने कानुनी बाध्यता रहेको छ ।

महानगरमा बालेनको कार्यकाल अझै १६ महिना बाँकी छ । तर उम्मेदवार हुने भएपछि उनले दुई हप्ताभित्र राजीनामा दिने तयारी गरेका बालेनका निकट स्रोतले बतायो ।

बालेनले राजीनामा दिएपछि उपमेयर सुनिता डंगोलले कार्यवाहक नेतृत्व सम्हाल्नेछिन् ।