neapl investment mega bank
  • गृहपृष्ठ
  • नवनियुक्त परराष्ट्र मन्त्री शर्माले लिए शपथ

नवनियुक्त परराष्ट्र मन्त्री शर्माले लिए शपथ

Dec 26th, 2025

काठमाडौं, पुस ११

नवनियुक्त परराष्ट्र मन्त्री बालानन्द शर्माले पद तथा गोपनियताको शपथ लिएका छन् । उनलाई आजै राष्ट्रपति निवास शितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ दिलाएका हुन् । 

नेपाली सेनाका पूर्वरथि रहेका शर्मालाई प्रधानमन्त्री सुशीला कार्कीले परराष्ट्रमन्त्री नियुक्त गरेकी हुन् ।